बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा पनि खुल्यो भाटभटेनी सुपर मार्केटको शाखा

बुधबार, ०६ असार २०८०, १३ : ०२
बुधबार, ०६ असार २०८०

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भाटभटेनी सुपर मार्केटले आफ्नो २५ औं शाखा सञ्चालनमा ल्याएको छ ।  बुधबार बिहान सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले एक औपचारिक कार्यक्रमका बीच भाटभटेनीको जनकपुरधामस्थित मुजेलियामा स्टोरको उद्घाटन गरेका हुन् । मधेस प्रदेशका ग्राहकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भाटभटेनीको लागत २ अर्ब बढी रहेको सञ्चालक गुरुङले बताए । उनले सीताको जन्मस्थान जनकपुरधाममा सुपरमार्केट सञ्चालनमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । ग्राहकलाई सहज सुविधा दिनका लागि जनकपुरधाममा यो स्टोर सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

bhatbhateni-super-market2

उद्घाटनको अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । मधेस प्रदेशका उपभोक्तालाई लक्षित गरि खोलिएको स्टोर एकदमै आधुनिक र प्रविधिमैत्रि पनि छ । यसअघि वीरगञ्जमा पनि भाटभटेनी सुपरमार्केको शाखा सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय जनकपुरधाम व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गइरहेको छ ।  

bhatbhateni-janakpur3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप