आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’

बुधबार, ०६ असार २०८०, १५ : ४८
बुधबार, ०६ असार २०८०

काठमाडौँ । फिल्म ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको नाम ‘गुलाबी’ बाट ‘गुन्युचोलो’ राखेको हो । फिल्मका निर्देशक समुन्द्र भट्ट हुन् ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार अमेरिकी कम्पनी ‘भिजिअल इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ । फिल्मको अधिकार अमेरिकी कम्पनीले लिएसँगै फिल्मको नाम परिवर्तन गरेर ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको हो ।

ट्रान्सजेन्डरको कथामा बनेको फिल्मको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन छन् । नाजिरको अलवा फिल्ममा संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहारीको मुख्य भूमिका छ ।

फिल्म विश्व बजारमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । फिल्मको कथा निर्देशक भट्टकै हो, भने पटकथा तथा संवाद लेखन रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर गरेका हुन् । 

‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशक र लेखु सहयात्री र शान भुषालको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप