‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’
काठमाडौँ । फिल्म ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको नाम ‘गुलाबी’ बाट ‘गुन्युचोलो’ राखेको हो । फिल्मका निर्देशक समुन्द्र भट्ट हुन् ।
फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार अमेरिकी कम्पनी ‘भिजिअल इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ । फिल्मको अधिकार अमेरिकी कम्पनीले लिएसँगै फिल्मको नाम परिवर्तन गरेर ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको हो ।
ट्रान्सजेन्डरको कथामा बनेको फिल्मको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन छन् । नाजिरको अलवा फिल्ममा संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहारीको मुख्य भूमिका छ ।
फिल्म विश्व बजारमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । फिल्मको कथा निर्देशक भट्टकै हो, भने पटकथा तथा संवाद लेखन रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर गरेका हुन् ।
‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशक र लेखु सहयात्री र शान भुषालको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण