प्रेम चलाउनेको पक्षमा उत्रिए त्रिविका ९ पूर्व उपकुलपति, भने– सरकार अपराधको पक्षपाती भयो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्व उपकुलपतिहरूले विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय आपराधिक कार्यलाई प्रोत्साहन गर्ने भएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
बुधवार पूर्व उपकुलपतिहरू अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाश जङ्ग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक श्री प्रेम चलाउनेलाई विश्वविद्यालय हाताभित्रै मरणासन्न हुने गरी कुटपिट गर्ने नेविसंघका विद्यार्थीहरूमाथि चलाइएको तथा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा सङ्घीय सरकारको मन्त्रिपरिषद्ले गत ज्येष्ठ ३० गते फिर्ता लिने गरी गरेको निर्णय निन्दनीय छ’, पूर्व उपकुलपतिहरूले भनेका छन्, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ ।’
उनीहरुले प्रेम चलाउनेप्रति ऐक्यबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा भनेका छन्, ‘मुद्दा फिर्ता लिने सङ्घीय सरकारको निर्णय तुरुन्त फिर्ता लिइयोस् भन्ने हामी पूर्व उपकुलपतिहरू माग गर्दछौँ र गत आषाढ ११ गते सोमवारदेखि आमरण अनशनमा रहनुभएका श्री प्रेम चलाउनेप्रति ऐक्यबद्धता जनाउँछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण