कृषि क्रान्तिको कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् ।
संवाद डबलीमा बुधबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताए ।
“कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ” गुरुङले भने ।
गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढंगको उत्पादन प्रणालीको विकल्प नभएको बताए ।
भूमिसुधारको कार्यक्रमलाई सुधार गर्दै भू-उपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरुपमा कृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
यस्तै किसान महासङ्घ फ्याक्स इन्चार्ज सुनिलकुमार मानन्धर, केन्द्रीय सदस्य सूर्य सुवेदी, रणेन्द्र बराइलीले पनि कृषिमा आत्मनिर्भर हुनलाई राज्यले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण