बालेनको निर्णयमा अदालतको ब्रेक, हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको र अदालतले आज आदेश जारी गरेको उनको भनाइ छ ।
यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।
फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत प्रष्ट हुने शाहको भनाइ छ ।
‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् । यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण