केही सातामै टेलिभिजन ‘टक शो’ ल्याउँदै हिमेश
काठमाडौँ । एक समय निकै चर्चित थिए ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त । अहिले उनी गुमनाम जस्तै छन् । आखिर के गर्दैछन् पछिल्लो समय हिमेश ?
अहिले केही सातामै एक टेलिभिजन ‘टक शो’ ल्याउने तयारीमा आफू जुटेको पन्तले बताए । ‘म एक दुई साताभित्र एक टेलिभिजन ‘टक शो’ तयारीमा छु’, उनले भने ‘अहिले शो आइसक्थ्यो । प्राइमटेलिभिजनबाट नभएर अर्काे टेलिभिजनबाट ल्याउन लागेको कारण ढिलो भयो ।’ ‘टक शो’को टेलिभिजन बाहेक सबै कुरो फिम्स भएपनि नाम पनि राख्न बाँकी छ । ‘स्क्रिप्ट कन्सेफ सबै रेडी छ । नाम र टेलिभिजन जुर्याएर शो छिट्टै ल्याउँछु’ हिमेशले भने ।
हिमेशका अनुसार ‘टक शो’मा युवा राजनीतिक नेता अतिथिको रूपमा सहभागी हुनेछन् भने होस्ट उनी आफैँले गर्नेछन् । शोमा राजनीतिक नेता गेस्ट भएपनि राजनीतिक प्रश्न १० प्रतिशत मात्र हुन्छ । ९० प्रतिशत प्रश्न अन्य हुनेछ । ९० प्रतिशत प्रश्न सामाजिक, विभिन्न समस्या र त्यसको समाधानका कुरामा केन्द्रित रहनेछ । शो कमेडी शैलीमा सेन्स अफ ह्युमरका साथ हुने उनले जानकारी दिए ।
‘टक शो’का लागि हिमेशले एक्सरसाइज गरेको अलि लामो समय भयो । शोका लागि प्राइम टाइम टेलिभिजनसँग प्रसारण कन्ट्रयाक्ट पनि भएको थियो । तर अहिले उनले प्राइम टाइम टेलिभिजनबाट शो नल्याउने बताउछन् ।
हिमेश शोको अलवा अहिले राष्ट्रिय स्वतन्त्र पाटीको राजनीतिमा पनि सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण