परिवर्तनले जनतालाई राहत दिन सकेन : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको दावी गर्दै उल्टो संकटको चक्रव्यूहमा फसेको बताएका छन् ।
आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि कमजोरी सच्याउँदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए । १७ वर्षदेखि राजनीतिक वर्चस्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,विसङ्गति, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधीनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरूले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।
धर्म, संस्कृति र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसँग नहुनु विडम्बना भएको उनको तर्क छ । शक्ति,स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिँड्नेहरु गन्तव्यमा पुग्ने बताए ।
जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत स्पष्ट पारे । कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का,महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर सिवाकोटी ,राजकुमार खड्का,श्याम घिमिरे ,दिनेश नापित लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण