शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

परिवर्तनले जनतालाई राहत दिन सकेन : कमल थापा

बिहीबार, ०७ असार २०८०, १६ : ५५
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको दावी गर्दै उल्टो संकटको चक्रव्यूहमा फसेको बताएका छन् । 

आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि कमजोरी सच्याउँदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए । १७ वर्षदेखि राजनीतिक वर्चस्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,विसङ्गति, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधीनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरूले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।

 धर्म, संस्कृति र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसँग नहुनु विडम्बना भएको उनको तर्क छ । शक्ति,स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिँड्नेहरु गन्तव्यमा पुग्ने बताए । 

जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत स्पष्ट पारे । कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का,महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर सिवाकोटी ,राजकुमार खड्का,श्याम घिमिरे ,दिनेश नापित लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप