पनडुब्बी टाइटनमा सवार सबैको मृत्युबारे अमेरिकी तट रक्षकले के भन्यो ?

एट्लान्टिक महासागरमा टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । अमेरिकी तट रक्षक गार्डले यसको पुष्टि गरेको छ । अमेरिकी तट रक्षक गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट मुनी पनडुब्बीका पाँच भाग भेटिएको बताएका छन् ।
अमेरिकी तट रक्षक गार्डले पनडुब्बीमा ठुलो विस्फोटको आवाज सुनेका थिए । टाइटनसँग सम्पर्क टुटेपछि उद्धार कार्यमा संलग्न अमेरिकी कोस्ट गार्डका सदस्यले ठुलो विस्फोटको आवाज सुने ।
टाइटनमा सवार पाँच जनामध्ये बाबु–छोरा शाहजादा र सुलेमान दाउदका परिवारले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । हमिस हार्डिङका परिवारका सदस्यले उनलाई सम्झेका छन् । पनडुब्बीमा सवार टाइटानिकको भग्नावशेष हेर्न गएका थिए ।
त्यसपछि गत शनिवारदेखि नै यो बेपत्ता भएको थियो ।
टाइटनको खोजीमा जहाजहरू बाहेक, आरओभी र विमानहरू प्रयोग गरिएको थियो । १० हजार वर्ग माइल समुन्द्र क्षेत्रमा खोजी कार्य चलिरहेको थियो ।
समुद्रमा डुबेको टाइटानिक जहाज हेर्न गएको टाइटन पनडुब्बीको चालक दलको जहाज पोलर प्रिन्ससँगको सम्पर्क टुटेको थियो । आइतबार यो सम्पर्क एक घण्टा ४५ मिनेटमा नै टुटेको थियो ।
टाइटानिकको भग्नावशेष क्यानडाको न्युफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’