पनडुब्बी टाइटनमा सवार सबैको मृत्युबारे अमेरिकी तट रक्षकले के भन्यो ?
एट्लान्टिक महासागरमा टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । अमेरिकी तट रक्षक गार्डले यसको पुष्टि गरेको छ । अमेरिकी तट रक्षक गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट मुनी पनडुब्बीका पाँच भाग भेटिएको बताएका छन् ।
अमेरिकी तट रक्षक गार्डले पनडुब्बीमा ठुलो विस्फोटको आवाज सुनेका थिए । टाइटनसँग सम्पर्क टुटेपछि उद्धार कार्यमा संलग्न अमेरिकी कोस्ट गार्डका सदस्यले ठुलो विस्फोटको आवाज सुने ।
टाइटनमा सवार पाँच जनामध्ये बाबु–छोरा शाहजादा र सुलेमान दाउदका परिवारले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । हमिस हार्डिङका परिवारका सदस्यले उनलाई सम्झेका छन् । पनडुब्बीमा सवार टाइटानिकको भग्नावशेष हेर्न गएका थिए ।
त्यसपछि गत शनिवारदेखि नै यो बेपत्ता भएको थियो ।
टाइटनको खोजीमा जहाजहरू बाहेक, आरओभी र विमानहरू प्रयोग गरिएको थियो । १० हजार वर्ग माइल समुन्द्र क्षेत्रमा खोजी कार्य चलिरहेको थियो ।
समुद्रमा डुबेको टाइटानिक जहाज हेर्न गएको टाइटन पनडुब्बीको चालक दलको जहाज पोलर प्रिन्ससँगको सम्पर्क टुटेको थियो । आइतबार यो सम्पर्क एक घण्टा ४५ मिनेटमा नै टुटेको थियो ।
टाइटानिकको भग्नावशेष क्यानडाको न्युफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण