आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु (फोटोफिचर)
फोटोफिचर

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु (फोटोफिचर)

नेपालका २ समूह दोस्रो चरण प्रवेश, २ समूह बाहिरिए
शुक्रबार, ०८ असार २०८०

पोखरा ।  पोखराको फेवातालमा आजबाट ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । चीन बाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरामा फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल भएको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना फेस्टिभल जारी छ । 

फेस्टिभलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती तथा चिनियाँ राजदूत छेन सङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सरकारकी ऊर्जा जलस्रोत मन्त्री सरस्वती अर्याल तिवारी पनि सहभागी थिए । उद्घाटन अवसरमा नेपाल र चीनको कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन पोखरेलीको भिड लागेको थियो । 

फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छन् । फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली चार्टर्ड जहाजबाट आएका थिए । फ्रेन्डसिप ड्रागन बोट रेस प्रतियोगितमा २०० र ५०० मिटरको  दौड भएको थियो ।  प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठओटा टोली सहभागी भएका थिए । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सवमा नेपालका २ समूह दोस्रो चरणमा प्रवेश गर्दा २ समूह बाहिरिएका छन् । 

दुई सय मिटरको खेलमा चाइनाकै युनान बोट टिम तेस्रो स्थान बन्यो भने नेपालकै एनआरसीय ड्रागन बोट टिमले चौंथो हुँदै अन्तिम ४ मा प्रवेश गर्न गरेको छ । ५ सय मिटरको समूह चरणको खेलमा पनि नेपालका एनआरसीय र नारा ड्रागन बोट टिम अन्तिम ४ मा प्रवेश छ । शनिबार हुने फाइनलमा पहिलो हुने टोलीले ५ लाख ५० हजार/५ लाख ५० हजार पाउने छन् । पोखरामा आयोजना हुने फुटबल र म्याराथनपछिको सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता पनि हो । नेपाल र्याफ्टिङ एजेन्सिज एसोसियसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी भएका थिए ।

चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थलिएको चीनियाँ खेलाडीले बताएका छन् । पछिल्लो समय शीतनिद्रामा रहेको ड्रागन प्रतियोगितालाई जगाउन नेपालमा पनि यो कार्यक्रम आयोजना गरिएको हो । यसअघि यो फेस्टिभल ५० भन्दा बढी देशमा आयोजना गरिसकेको छ । पोखरामा यो गतिविधिलाई हरेक वर्ष आयोजना गर्ने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया