वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क
काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’ बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।
अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । सरकारले बिहिबार उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिष्ट्रारमा डा.ज्ञानेन्द्र शाह र डिनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो । नियुक्त पदाधिकारीहरुसँग मन्त्री बस्नेतले बिहीबार नै बैठक गरेका थिए । न्याम्स कार्यकारीको बैठकले उक्त निर्णय गराउन निर्देशन दिएका थिए । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण