शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
हिंसा

८ प्रतिशत किशोरी १५ वर्षको उमेरमै यौन हिंसा भोग्न बाध्य

शुक्रबार, ०८ असार २०८०, १८ : ५९
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै यौन हिंसाको अनुभव गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार ८५ प्रतिशत किशोरीहरूले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको पाइएको हो । 

सर्वेक्षणमा सहभागी किशोरीलाई पहिलो पटक भोगेको यौन हिंसाबारे प्रश्न गरिएको थियो । जसमा ८ प्रतिशत किशोरीहरूले १५ वर्षको उमेरमा यौन हिंसा भोगिसकेको बताएका हुन् । 

सर्वेक्षणमा १५ देखि ४९ वर्षका महिलाहरूमध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेको बताएका छन् । पछिल्लो १ वर्षमा ११ प्रतिशत महिलाले शारीरिक हिंसा भोगेको पाइएको छ ।  

यस्तै वैवाहिकस्थिति अनुसार ६ प्रतिशत महिलाले विवाह नगरेको तर, यौन साथी रहेको देखिएको छ । यस्तै २६ प्रतिशत विवाहित महिला वा यौन साथीसँग बस्नेहरूले शारीरिक हिंसाको अनुभव गरेको सर्वेक्षण देखाएको छ । यस्तै सम्बन्ध विच्छेद भएका, छुट्टिएका वा बिधुवा भएका ४७ प्रतिशत महिलाले पनि शारीरिक हिंसा भोगिरहेको पाइएको छ ।  विवाहित वा कुनै पुरुष साथीसँग बसेका महिलाहरूलाई शारीरिक हिंसा गर्नेमा वर्तमान र पूर्व पति वा यौन साथी रहेको देखिएको छ ।  

यस्तै १५ देखि ४९ वर्ष उमेर समूहका १७ प्रतिशत महिलाले   श्रीमानको वा यौन साथीबाट भावनात्मक, शारीरिक वा यौन हिंसा भोगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप