सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटकको पर्खाइमा जिरी, तस्बिरहरू
फोटोफिचर

पर्यटकको पर्खाइमा जिरी, तस्बिरहरू

शनिबार, ०९ असार २०८०

दोलखा । दोलखाको जिरीलाई अर्को स्विट्जरल्यान्ड भनेर चिनिन्छ । राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुषा र स्थानीय परिकारहरू रहेका छन् ।  

जिरीमा घुम्न  जानको लागी प्रशस्तै ठाउँहरू पनि छन् । पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फ्याक्ट्री जिरी नजिकका मुख्य आकर्षण ठाउँहरू हुन् ।

 जिरीका पर्यटन अभियन्ता भनेर चिनिने तथा जिरी घुम्न जाऔँ फिरिरि भनेर सुरु गर्ने व्यक्ति लीला राम खड्का भन्छन्, ‘राजधानी नजिकको राम्रो पर्यटन क्षेत्रमा  सम्भावना बोकेको क्षेत्र अहिले कसैको मुख मा आउने गरेको छैन जिरी । सगरमाथाको पहिलो प्रवेश द्वार भनेर चिनिने जिरी अहिले सुनसान छ । यसको समाधान गर्न स्थानीय सरकारसँगै केन्द्रीय सरकारको पनि ध्यान जान जरुरी छ ।’पहिला जिरी का होटलहरू गर्मीको समयमा भरिभराउ हुन्थ्यो, अहिले त्यो न्यून मा झरिसकेको छ ।

जिरीमा प्राय घुम्न आउने यहाँको हावा पानी मै रमाउन हो । गर्मीको समयमा गर्मी छल्न नै यहाँ विभिन्न जिल्ला बाट आन्तरिक पर्यटकहरू आउने गर्छन् । यहाँको जिरी चिज र छुर्पी  पनि त्यत्तिकै लोकप्रिय छ । यहाँ आएर आलु, छुर्पी, चिजहरू नलग्ने बिरलै हुन्छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया