आईसीसी एकदिवसीय विश्वकप छनोट
नेदरल्यान्ड्ससँग हारेपछि सुपर सिक्समा पुग्न सकेन नेपाल
शनिबार, ०९ असार २०८०, १८ : २७
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले नमिठो हार बेहोरेको छ । जिम्बाब्वेमा खेलिएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई सात विकेटले हराएको हो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । नेपालले भने अब प्लेअफ चरणको खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण