पूर्वाधार क्षेत्रलाई काठमाडौँ महानगरले छुट्यायो ७ अर्ब
१०० वटा मुख्य चोकमा सडक बत्ती राखिने
आइतबार, १० असार २०८०, १३ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।
आज असार १० मा सार्वजनिक महानगरको बजेटमा पूर्वाधार क्षेत्रलाई ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरले ‘उज्यालो सहर, मेरो महानगर’ योजनाका लागि ३० करोड बजेट छुट्याएको छ । यो योजना अन्तर्गत १०० वटा मुख्य चोकमा सडक बत्ती राखिनेछ ।
यस्तै, सफा र स्वच्छ काठमाडौँ बनाउनका लागि महानगरले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस योजनामा ‘धुलोरहित काठमाडौँ’ योजना कार्यान्वयन गर्ने महानगरको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण