अनावश्यक कर्मचारी भर्ती नगरिएको वायुसेवा निगमको दाबी
काठमाडौँ । नेपाल वायुसेवा निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कर्मचारीको सम्बन्धमा संसद्मा उठेको सवालको खण्डन गरेको छ । निगमको कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङको सम्बन्धमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा एक सांसदले अनावश्यक कर्मचारी भर्ती गरेर निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्ने आरोप लगाएका थिए । यसै भनाइप्रति आपत्ति जनाउँदै निगमले आइतबार खण्डन गर्दै विज्ञप्ति नै जारी गरेको हो ।
निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जानकारी दिएको छ । निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक (डोमेस्टिक) गन्तव्यमा हप्ताको २५ वटा उडान भर्दै आएको छ । निगमको बेस स्टेसन बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक स्टेसनहरूमा आवश्यकता अनुसार २ वा ३ जना मात्र कर्मचारी राखी सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।
कूल कर्मचारी मध्ये ८४० जना स्थायी कर्मचारी रहेकोमा करार र ज्यालादारीमा ५०१ जना रहेको निगमले जनाएको छ । जसमध्ये हवाई उडान सञ्चालनतर्फ स्थायी प्राविधिक ८८ र प्रशासनिक ३०१, करारमा प्राविधिक ३२ र प्रशासनिक २४ एवं मासिक ज्यालादारीमा प्राविधिक (सवारी चालक) ८९ र प्रशासनिक ६१ गरी जम्मा ५९५ जना कर्मचारी रहेको निगमले जनाएको छ । हप्ताको ६८ उडानको लागि प्राप्त कर्मचारीको भार करिब ९ जना मात्र हुने निगमले जनाएको छ ।
ग्राउन्ड ह्याण्डलिङतर्फ स्थायी प्राविधिक १०० र प्रशासनिक १६५, करारमा प्राविधिक ५५ र प्रशासनिक १ एवम् मासिक ज्यालादारीमा प्राविधिक १३ र प्रशासनिक ६१ गरी जम्मा ३९५ कर्मचारी रहेका छन् । हाल निगमले दैनिक करिब ५१ वटा अन्तर्राष्ट्रिय उडानहरूको ग्राउन्ड ह्याण्डलिङ कार्य अन्तर्गत चेक इन, लोडिङ मर्सालिनिङ, क्लिनिङ, ब्यागेज ह्याण्डलिङ लगायतका कार्यहरू गर्दै आएकोमा प्रति उडान कर्मचारी भार करिब ८ जना मात्र हुन आउने निगमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण