वाग्नर समूहका मालिकसँगको सम्झौताले पुटिनको छविलाई कमजोर पारेको छ ?
आइतबार, १० असार २०८०, १६ : ४८
रुसी राष्ट्रपतिको सम्बोधनपछि निजी सैन्य कम्पनी वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँगको सम्झौतापछि पुटिनको छवि खासै बलियो नदेखिएको बताइएको छ । बीबीसीको रुसी सेवाका सम्पादक स्टिभ रोजेनबर्गले सो कुरा बताएका हुन् ।
स्टिभ रोजेनबर्गका अनुसार शनिवार वाग्नर समूहको विद्रोही मनोवृत्तिपछि पुटिनले रुसको पिठ्युँमा छुरा प्रहार गरेको बताएका छन् ।
तर दिनको अन्त्यसँगै यस निजी सैन्य कम्पनीका मालिक येभगेनी प्रिगोजिन विरुद्धका सबै आरोप हटाइयो । यद्यपि राष्ट्रपति पुटिनले उनलाई देशद्रोही बताएका थिए ।
बीबीसीकी लौरा क्वेन्सबर्गसँगको कुराकानीमा स्टिभ रोजेनबर्गले क्रेमलिन र वाग्नर समूहबीच भएको सम्झौताको पूर्ण विवरण भने अझै सार्वजनिक नभएको बताएकी छिन् ।
यो सम्झौतासँग सम्बन्धित थप जानकारी आगामी दिनहरूमा आउने सम्भावना छ, तर पुटिन यसपछि धेरै बलियो देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण