‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’मा करिश्माको जीवन भोगाई
काठमाडौँ । २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बगान’को नयाँ गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतको सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर छ ।
गीतको भिडियोमा भने अभिनेत्री करिश्मा मानन्धरलाई देखिएकी छन् । जसमा उनको जीवनका उतारचढाप देखाउन खोजिएको छ ।
फिल्ममा करिश्माको अलवा सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । स्वप्न नीरवको कथामा निर्माण भएको फिल्म अभिनेता खनालले निर्देशन गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स छ ।
फिल्ममा नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिमको छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण