उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्यायपरिषद्को बैठक बस्दै
काठमाडौँ । न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको छ । उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।
हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्नेछ ।
तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी गरिएको छ ।
यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि सर्ट लिस्ट तयार पार्ने र अधिवक्ताहरूबाट निवेदन माग गरिएको थियो । उच्च अदालतमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूचीसमेत परिषद्ले तयार पारिसकेको छ ।
न्याय परिषद्ले तयार पारेको कार्याविधिका आधारमा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने अवस्था छ । बाँकी १४ र त्यसपछि रिक्त हुने अन्य न्यायाधीशको हकमा भने सर्ट लिस्ट तयार नभइसकेको र निवेदन समेत माग गरी नसकेको कारण प्रक्रिया पूरा नभएको कारण बाँकी न्यायाधीशको हकमा भने तत्काल नियुक्ति नहुन पनि सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण