न्यायालय
न्यायपरिषद्को बैठक सकियो, न्यायाधीश नियुक्ति हुन सकेन
सोमबार, ११ असार २०८०, १६ : ४७
काठमाडौँ । न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ । न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।
न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको एक सदस्यले रातोपाटीलाई बताए ।
प्रस्तावित न्यायाधीशहरुको विषयमो परिषद्का सदस्यबचि छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अब अर्को बैठक असार १३ गते बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण