‘युक्रेनको युद्ध र वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ छ : ईयू
लक्जेमबर्ग । आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा होइन’ भन्दै युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले युक्रेनमा मस्कोको युद्धले रूसी शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक प्रणालीलाई प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।”
“रुसजस्तो आणविक शक्ति अस्थिरताको चरणमा जान सक्छ भन्ने कुरा पक्कै पनि राम्रो होइन । यो पनि ध्यानमा राख्नुपर्ने कुरा हो,” बोरेलले पत्रकारहरूसँग भने । “सबैभन्दा महत्वपूर्ण निष्कर्ष के हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध र पुटिनले वाग्नरसँग मिलेर बनाएको अस्वभाविक गठजोडले पुटिन स्वयंप्रति औँला ठडाएको छ,” उनले भने ।
बोरेलले भने, “अस्वभाविक शक्ति संरचनाले आफ्ना सर्जकविरुद्ध काम गरिरहेको छ, राजनीतिक प्रणालीले कमजोरी देखाइरहेको छ र सैन्य शक्ति ध्वस्त भइरहेको छ ।” लक्जेम्बर्गमा भएको आफ्नो नियमित बैठकमा इयूका विदेशमन्त्रीहरू विद्रोहबाट उत्पन्न परिणामको मूल्याङ्कन गर्दै यसलाई स्वभाविक परिणाम बताएका छन् ।
स्वीडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले अशान्ति रूसको आन्तरिक मामिला भएको बताए ।
उनले ‘सबैभन्दा महत्वपूर्ण कुरा’ भनेको युक्रेनलाई समर्थन गर्नु रहेको बताउँदै पछिल्ला परिणामले युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्ने पुष्टि गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण