शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेता कोइरालाले भने–कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु

सोमबार, ११ असार २०८०, १८ : २२
सोमबार, ११ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् । पार्टी सभापतिसँग भने यसबारे कुनै छलफल नभएको उनले बताए ।  

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । 

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे । उनले १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ ? भन्नेकुराको टुंगो लाग्ने बताए । उनले १५ औं) महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताए ।  

उहाँले भन्नुभयो, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’

नेता कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप