सुर्खेतका कुन स्थानीय तहले कति ल्याए बजेट ?
सुर्खेत । सुर्खेतका सबै पालिकाहरुले समयमै आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट ल्याएका छन् ।
कृषि उत्पादन, पर्यटन र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाहरुले बजेट ल्याएका हुन् ।
सुर्खेतका ९ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ । चालुतर्फ १ अर्ब ७३ करोड ४६ लाख ९९ हजार र पुँजीगततर्फ १ अर्ब २५ करोड ९९ लाख ९ सय ६७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार बजेट ल्याएको छ । यो पालिकाले चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै, गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१ लाख ५० हजार बजेट ल्याएको छ । गुर्भाकोटले चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार र पुँजीगततर्फ २३ करोड ५५ लाख ७ हजार बजेट विनियोजन गरेको छ ।
उता, भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार वार्षिक बजेट ल्याएको छ । पश्चिममा पर्ने चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ७६ हजार बजेट ल्याउँदा बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बजेट ल्याएको छ ।
पूर्वी भेगमा रहेको सिम्ता गाउँपालिकाले ५८ करोड १७ लाख बजेट ल्याएको छ । यो पालिकाले चालुतर्फ ३९ करोड ९७ लाख ४ हजार र पुँजीगततर्फ १८ करोड २८ लाख ६६ हजार बजेट ल्याएको छ ।
यस्तै लेकबेसी नगरपालिकाले ६६ करोड ८१ लाख ७३ हजारको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण