सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

सुर्खेतका कुन स्थानीय तहले कति ल्याए बजेट ?

सोमबार, ११ असार २०८०, १९ : ५४
सोमबार, ११ असार २०८०

सुर्खेत । सुर्खेतका सबै पालिकाहरुले समयमै आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट ल्याएका छन् । 

कृषि उत्पादन, पर्यटन र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाहरुले बजेट ल्याएका हुन् । 

सुर्खेतका ९ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ । चालुतर्फ १ अर्ब ७३ करोड ४६ लाख ९९ हजार र पुँजीगततर्फ १ अर्ब २५ करोड ९९ लाख ९ सय ६७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार बजेट ल्याएको छ । यो पालिकाले चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । 

यस्तै, गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१  लाख ५० हजार बजेट ल्याएको छ । गुर्भाकोटले चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार र  पुँजीगततर्फ २३ करोड ५५ लाख ७ हजार बजेट विनियोजन गरेको छ । 

उता, भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार वार्षिक बजेट ल्याएको छ । पश्चिममा पर्ने चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ७६ हजार बजेट ल्याउँदा बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बजेट ल्याएको छ । 

पूर्वी भेगमा रहेको सिम्ता गाउँपालिकाले ५८ करोड १७ लाख बजेट ल्याएको छ । यो पालिकाले चालुतर्फ ३९ करोड ९७ लाख ४ हजार र पुँजीगततर्फ १८ करोड २८ लाख ६६ हजार बजेट ल्याएको छ । 

यस्तै लेकबेसी नगरपालिकाले ६६ करोड ८१ लाख ७३ हजारको बजेट ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप