अमेरिका : विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको बताइएको छ ।
डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र त्यसको एउटा इन्जिन चलिरहेको थियो । यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ ।
सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । उसले घटनाको विवरण संकलन भइरहेको बताएको छ ।
डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म साझा गरेको छैन।
शुक्रबार, एयरबस ए३१९ लस एन्जलस एयरपोर्टबाट सान एन्टोनियो पुगेको थियो । यसलाई सञ्चालन गर्ने कम्पनी डेल्टाले एक विज्ञप्तिमा भन्यो, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग कुनै समस्या नभएको देखाएको छ।’ कम्पनीका प्रवक्ताले गहिरो दु:ख व्यक्त गर्दै र शोक सन्तप्त परिवारसँग समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण