आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ । यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।
बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।
प्रमुख खेलहरू
१३ अक्टोबर - अष्ट्रेलिया र दक्षिण अफ्रिका - लखनऊ
अक्टोबर १५ - भारत र पाकिस्तान - अहमदाबाद
अक्टोबर २० - पाकिस्तान र अष्ट्रेलिया - बैंगलोर
अक्टोबर २१ - इङ्गल्याण्ड र दक्षिण अफ्रिका - मुम्बई
२२ अक्टोबर - भारत र न्यूजील्याण्ड - धर्मशाला
२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ
४ नोभेम्बर - अष्ट्रेलिया र इङ्गल्याण्ड - अहमदाबाद
नोभेम्बर १२ - पाकिस्तान र इंग्ल्याण्ड - कोलकाता
पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई
दोस्रो सेमिफाइनल - 16 नोभेम्बर - कोलकाता
फाइल– नोभेम्बर १९– अहमदाबाद
कहाँ कहाँ खेल हुनेछन् ?
विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण