कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो ।
१८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि १९ गतेसम्मका लागि उत्तरपुस्तिका परीक्षण स्थगित भएको हो ।
हिस्टुनका महासचिव शंकर तिवारीले देशभरका परीक्षण केन्द्रमा मंगलबारदेखि १९ गतेसम्मका लागि परीक्षणको कारण रोकिएको बताए । आफूहरूले आन्दोलन गर्दै आएको र सरकारलाई दबाब दिनका लागि परीक्षणको काम स्थगित गराईदिन अनुरोध गरेको र सोही आधारमा रोकिएको उनको भनाई छ ।
साबिकको उच्च माध्यमिक विद्यालय तहमा कार्यरत ४ हजारको संख्यामा रहेका अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनेपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
उमावि तहको दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रूपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिपस्र्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।
त्यसरी विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने उनीहरूको माग छ ।
कार्यरत शिक्षकहरुले स्थायी पदका लागि खुलाइएको विज्ञापनमा सहभागी भएमा वा नभएर पनि स्थायी पदमा आयोगबाट नियुक्तिका लागि सिफारिस हुन नसकेमा त्यस्ता शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्म सेवाबाट बर्खास्त नगरी विद्यालयको नियुक्तिका आधारमा तोकिए बमोजिमको सुविधाको व्यवस्था गर्नुपर्ने समेत माग राखेका छन् । उनीहरूलाई भविष्यमा निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समेत विद्यालयका अभिलेख अनुसारको समय गणना गरिनुपर्ने माग अघि सारेका छन् ।
उनीहरूले १९ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेका हुन् । त्यो बेलासम्म पनि माग सुनुवाइ गरिएन भने अर्को चरणको आन्दोलन गरिने महासचिव तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण