चिनियाँ व्यवसायी ज्याक मा काठमाडौँमा

काठमाडौँ । अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौँ आइपुगेका छन् । चिनियाँ अर्बपति बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर विमानमार्फत काठमाडौँ अवतरण गरेको अध्यागमन विभागका सूचना अधिकृत खिमराज भुषालले जानकारी दिए । उनी पटर्यक भिषामा नेपाल प्रवेश गरेको भुषालको भनाई छ । नेपाल रहँदा ज्याक माले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ ।
चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अंग्रेजी शिक्षकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसअघि उनलाई ३० रोजगारदाताले अस्विकार गरेका थिए जसमध्ये एक केएफसी पनि थियो । कम्प्युटिङको कुनै पृष्ठभूमि नहुँदा समेत ज्याक माले दुई दशकअघि आफ्नै अपार्टमेन्टमा अलिबाबालाई जन्माए । यसका लागि ज्याक माले आफ्ना केही साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि मनाए ।
फोर्ब्सको सन् २०१७ को सूची अनुसार ज्याक मा चीनका तेस्रो धनी व्यक्ति बनेका थिए । सन् २०१४ मा अलिबाबाले संसारको सबैभन्दा ठूलो सार्वजनिक हिस्सेदारी मार्फत २५ अर्ब डलर जुटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?
-
किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध