मन्त्रीहरू संसद् र संसदीय समिति छलेर बाहिर रमाउन थाले : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै तिमिल्सिनाले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेका बताएका हुन् ।
उनले समितिले दिएका निर्देशनहरू सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उल्लेख गरे । उनले भन, ‘निर्देशन कार्यान्वयन गर्नेहरू अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । उहाँहरू सबै यतातिरको हो, हामी त गरिहाल्थ्यौँ भन्ने छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिङ्गो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन । यसैले जन्माएको र भोलि फेरि यहीँको धेरै हुने हो, मन्त्री, प्रधानमन्त्री कति समय हुन सक्नुहुन्छ । समितिमा, संसद्मा अरू काम छोडेर यहाँ आउँ भन्ने उत्सुकता, जागरूकता कम देखेको छु मन्त्रीहरूमा ।
उनले थपे, ‘बाहिर काम छ भने मेरो बाहिर छ भनेर सकभर यहाँबाट उम्कनै खोज्ने गर्नुहुन्छ । त्यो प्रवृत्ति संसदीय प्रणालीको राम्रो होइन । रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसद्मा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण