दबाब थेग्न नसकेर स–साना बजेट पनि संघबाट विनियोजन गरेका हौँ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताएका हुन् ।
मन्त्री महतले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट पार्न दबाब आएको बताए । उनले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ, हो । यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुप¥यो भनेर आए । मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ ।’
मन्त्री महतले परिणाममुखी बजेट ल्याएको ल्याइएको बताए । उनले बजेटले राजश्वको दायरा बढाउने बताए । उनले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि उल्लेख गरे ।
मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभएपनि धेरै बढ्न नदिने कुरामा आफूहरु सरकार सचेत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण