ललिता निवास प्रकरण : पक्राउ परेका ३ जनाको नाममा अदालतको ‘स्टे अर्डर’
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जनाको नाममा अदालतले ‘स्टे अर्डर’ जारी गरेको भेटिएको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीले अदालतबाट ‘पक्राउ नगर्नु, नगराउनु’ भन्ने आदेश लिएर बसेका हुन् ।
कपाली र केसी पनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सरकारी अधिकारी हुन् । उनीहरूलाई म्याद थप्ने वा छाड्ने भन्नेबारे छलफल भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । सरकारी लिखत किर्ते गरेर बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरूलाई अनुसन्धानका लागि म्याद लिन ब्यूरोले बुधवार अदालतमा उपस्थित गराउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण