सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ ।
यसैगरी महानगरप्रमुख बालेन शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”
सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उनले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उनको भनाइ छ ।
उनले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने