मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानको एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु

बुधबार, १३ असार २०८०, २२ : ०४
बुधबार, १३ असार २०८०

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए । घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् ।    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप