साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु
जेद्दा । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।
घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।
#BREAKING Two dead in attack in front of US consulate in Jeddah: Saudi officials pic.twitter.com/jF6sKAbUum
— AFP News Agency (@AFP) June 28, 2023
साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।
अमेरिकी विदेश मन्त्रालय वाणिज्य दूतावास र साउदी अरब प्रशासनले घटनाबारे जाँच गरिरहेको छ ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण