श्रीलङ्कामा घरेलु ऋण पुनर्संरचना अनुमोदन
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ।
घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पीएमडीले बताएको छ ।
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा ब्यहोर्न बाध्य नहुने बताएका थिए । सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुनसक्ने बताएका छन् ।
श्रीलङ्काले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्योत, जब यो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो । श्रीलङ्काले यसअघि नै अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको छ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण