लघुकथा : वातावरण
“बा खेत रोपाइँ गरिरहनु भएको छ ?”
काठमाडौँबाट घर फर्कन लाग्दा बाटोमा खाना खान रोकेको बेला राजमार्गको वरपरको खेतमा भएको रोपाइँ हेर्दै बोल्न साइनो लगाएँ ।
बिहानै कोठामा नास्ता गरेको मलाई यहाँ खाना नपरेको हुनाले समय कटाउनु थियो ।
“के गर्नु बाबु बाँझो राख्नु भएन ।” बुबाले भन्नु भयो ।
“सिँचाइ कस्तो छ बुबा, पानी पुग्छ ?” मैले सोधे ।
“मिलाएर लगाउनु पर्छ, पुगेकै छ ।” उहाँले भन्नु भयो ।
“राम्रो रहेछ नि, त्यसो भए त ।” मैले भने ।
“धान पनि राम्रो फल्छ, चिसो पानी लाग्ने खेत हो तर आज भोलि अर्को समस्याले हैरान पार्यो बाबु । ” बाले कुरा गर्दै जानु भयो ।
“के समस्या पर्यो बा ?” मैले सोधे ।
“कुनै गुन, कुनै बैगुन हुने यो राजमार्गको नजिक खेत भएर पनि । सुर्ती, करेन्ट , चाउचाउका खोल जस्ता प्लास्टिकले ढपक्क ढाकेपछि धानको गाँज फस्टाउनै पाउँदैन । गोडमेलको खेताला जस्तै यो फाल्न पनि खेताला खोज्नु पर्छ ।” बाले भन्नु भयो ।
तलतल लागेर करेन्ट खान खल्तीमा पुगेको मेरो हात अनायास रोकियो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण