नरैनापुरमा भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । नरैनापुर गाउँपालिकाको वडा नं ४ मा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मीरा न्यौपानेले जानकारी दिइन् ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नरैनापुरमा रहेका गाउँ ब्लकका थप ४ सय नागरिकहरूलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताइन् । उनले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएकी थिइन् ।
उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउँदै साउन महिना भित्रै कार्यालय सञ्चालनमा आउने जिकिर गरिन्। मन्त्री श्रेष्ठले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब सञ्चालनका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको रूपमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री श्रेष्ठले भनिन्,‘अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज