सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई समाप्त पार्ने कोसिस गरिरहेको छ: ज्ञवाली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका हुन् ।
कार्यवाहक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे । उनले भने, ‘हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थियौँ । सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौँमा सुविधा सम्पन्न हस्पिटलहरू मेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स । त्यहाँ गएर उपचार गर्ने सामर्थ्य राख्नेहरूका लागि धेरै ठुलो कुरा होइन होला । तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएर ५ जनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठुलो क्रान्ति थियो । यो क्रान्तिको सुरुवात स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नु भएको थियो । पछि त्यो कार्यक्रमलाई हामीले देशैभरि अघि बढाएका छौँ । तर आजको त्यो कार्यक्रमलाई समाप्त पार्ने कोसिस हुँदैछ । मैले अघि भूमि आयोगको कुरा गरेँ । कसरी त्यसलाई निष्प्रभावी पारियो भनेर एमाले सरकारबाट हटेपछि । यहीनिर फरक पर्छ राज्य कुन वर्गको पक्षमा चलेको छ भनेर । हामी नहुँदा श्रमजीवी जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरू ओझेलमा पारिँदैछन् । खोसिँदैछन् । निष्प्रभावी पारिँदैछन् । बजेट दिइदैछैन । हामीले एकै दिन ३९६ वटा पालिकामा आधारभूत हस्पिटल शिलान्यास गर्यौँ । आज ती हस्पिटलहरू अलपत्र पारिएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण