विराटनगर सातो गएको बालकजस्तै भएको छ : कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक भएको बताएका छन् ।
शनिबार विराटनगरस्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै कार्कीले आधा दर्जनभन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरूको नगर विराटनगर कुनैबेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र भएको तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व भएको न त उद्योगधन्दा नै भएको जिकिर गरेका हुन् ।
‘त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ,’ मुख्यमन्त्री कार्कीले भने । विराटनगरलाई कसरी पुनर्जीवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनले बताए । प्रादेशिक राजधानीसमेत रहेको विराटनगरको पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
विराटनगरको निर्माणमा मारवाडी समुदायले पुर्याएको योगदानको चर्चा गर्दै यहाँको मारवाडी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण