आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर सातो गएको बालकजस्तै भएको छ : कार्की

शनिबार, १६ असार २०८०, १९ : ३३
शनिबार, १६ असार २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक भएको बताएका छन् ।

शनिबार विराटनगरस्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै कार्कीले आधा दर्जनभन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरूको नगर विराटनगर कुनैबेला राजनीतिक आन्दोलन र  उद्योगधन्दाको केन्द्र भएको तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व भएको न त उद्योगधन्दा नै भएको जिकिर गरेका हुन् । 

‘त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो  भएको छ,’ मुख्यमन्त्री कार्कीले भने । विराटनगरलाई कसरी पुनर्जीवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनले बताए । प्रादेशिक राजधानीसमेत रहेको विराटनगरको पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । 

विराटनगरको निर्माणमा मारवाडी समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै यहाँको मारवाडी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप