दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

तुलसीपुर । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ । “तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो”, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन् ।
सोही घरमा परियारसंग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य