शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी छ : मन्त्री शर्मा

शनिबार, १६ असार २०८०, २१ : १३
शनिबार, १६ असार २०८०

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताइन् । उनले संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको बताइन् ।

‘अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र रुपमा प्रवद्र्धन गर्नसक्छ कि सक्दैन ? त्यो प्रश्न छ । हिजो गठन गर्ने बेलामा गरियो, सानो रुपमा तर अब जन्मिले बेलामा जो पनि सानो नै हुन्छ तर परिपक्व हुँदै जाँदा यसका संरचना वृद्धि गर्नुपर्छ अहिले चलचित्र ऐन मन्त्रालयमा छ’ मन्त्री शर्माले भनिन्, ‘हामीले स्वदेशी चलचित्रको कुरा गरेका छौँ । स्वदेशी चलचित्र प्रवद्र्धन गर्नुपर्छ । राज्यका नीतिबाट यसलाई अघि बढाउन जरुरी छ । सरकारले अपनाउने नीतिबाट पनि यसको पहिलो संरक्षण हुनुपर्छ ।’ 

उनले स्वदेशी चलचित्र प्रवद्र्धनमा जोड दिनुपर्ने बताइन् । उनले चलचित्रमा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन आवश्यक रहेको समेत बताइन् । ‘हामीले हाम्रो चलचित्रको गुणस्तर विकास गर्नैपर्छ । यसलाई हेर्नैपर्ने बनाउनै पर्छ । त्यसो गर्दा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन जरुरी छ ।’
मन्त्री शर्माले सरकारले मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिपरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप