भाइरल पोस्टबारे वायुसेवा निगमको प्रष्टीकरण : यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै गरेको पाइएन
काठमाडौँ । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै सामाजिक सञ्जालमा गुनासो गरेका दामु दाइ भन्ने छविलाल भण्डारीले सोबारे सम्बन्धित एयरलाइन्ससँग दाबी/रिपोर्ट नै नगरेको पाइएको नेपाल वायुसेना निगमले प्रस्ट पारेको छ । भण्डारीले यसबारे सामाजिक सञ्जालमा गरेको गुनासोसम्बन्धी पोस्ट भाइरल भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमेतले चासो व्यक्त गरेका थिए ।

निगमका सह–प्रवक्ता गणेश कुमार घिमिरेका अनुसार मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिएको निर्देशनअनुसार आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट गत असार १५ गते यात्रा गरेको तर ब्यागेज हराएको सम्बन्धमा नियमअनुसार ब्यागेज क्लेम डेस्कमा सम्बन्धित एयरलाइन्ससँग दाबी वा रिपोर्ट नगरेको पाइएको छ । यसबारे स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको निगमको भनाई छ ।
साथै २ वटा मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्रअन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।
_vcTQPWi5Nx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण