डेढ बजेसम्म कर्मचारीका कारण प्रभावित भएको न्यायालयमा अढाई बजेदेखि वकिलका कारण बहस ठप्प
आइतबार, १७ असार २०८०, १४ : ४७
काठमाडौँ । आइतबार न्यायसेवाका कर्मचारीहरुले डेढ बजेसम्म ‘पेन डाउन’ गर्दा प्रभावित भएको न्यायालय दिउँसो साढे दुई बजेदेखि कानुन व्यवसायीका कारण प्रभावित भएको छ ।
कानुन व्यवसायीहरुले आइतबार साढे दुई बजेपछि देशभरका अदालतमा बहस नगर्ने घोषणा गरेका छन् । जसका कारण अदालतमा बहस प्रभावित हुने भएको हो ।
गत बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको घटनापछि अदालत प्रशासनका कर्मचारी र कानुन व्यवसायी एक अर्काको विरोधमा कार्यक्रमसहित उत्रिएका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी लामिछानेमाथि गलत ढंगले कारबाही गर्न खोजिएको बताउँदै आइतबार साढे दुई बजेदेखि देशभरका अदालतमा कानुन व्यवसायीले बहस नगर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण