मणिपुरमा फेरि हिंसा भड्कियो, चार जनाको मृत्यु
मणिपुर । मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ । यता आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको छ ।
हिंसाको बारेमा जानकारी दिँदै विष्णुपुर जिल्लाका प्रहरी अधिकारी एच बलरामले जुलाई २ मा बिहान करिब १२ बजे हतियारधारी चरमपन्थीहरूले मेइती गाउँ खुजुमा ताबी नजिकै गाउँलेहरूले बनाएको बङ्करमा आक्रमण गर्दा तीनजना गाउँलेको मृत्यु भएको बताए । गत मे ३ गतेदेखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बङ्कर बनाएको प्रहरीले जनाएको छ ।
यसै क्रममा आइतबार बिहान करिब १२ बजेतिर लाङ्जा र चिङ्लाङ्मेईका कुकी आदिवासी गाउँहरूमा पनि आक्रमण भएको आदिवासी जनजाति नेता मञ्चले जनाएको छ । राजधानी इम्फालबाट करिब ७० किलोमिटर टाढा यी दुर्गम गाउँहरूमा हमार र कोम जातिका मानिसहरू बसोबास गर्दै आएका छन्। आदिवासी संगठनले आफ्नो एक विज्ञप्तिमा डेभिड थेक नामका व्यक्तिको हत्या भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण