गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै
सोमबार, १८ असार २०८०, ०८ : ३०
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।
कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण