कोशी प्रदेश : जसपा फकाउँदै एमाले, गठबन्धन पर्खँदै उपेन्द्र
काठमाडौँ । कोशी प्रदेश सरकार निर्माणका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनको निर्णयको पर्खाइमा रहेको छ । मधेस प्रदेशमा नेकपा एमालेले जसपालाई सघाएको कारण कोशी प्रदेशमा जसपाबाट एमालेले सहयोगको अपेक्षा गरेको छ । तर कोशी प्रदेशको हकमा कसैलाई सहयोगको वचन नदिई जसपा तटस्थ बसेको छ ।
आइतबार मात्र एमालेका सचिव एवं कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका थिए । भेटमा उनले अध्यक्ष यादवसँग कोशी प्रदेश सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष यादवले आफ्नो दल समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले त्यसको निर्णयको आधारमा अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए । ‘अहिले हामी न एमालेलाई सहयोग गर्ने भनेका छौँ, न काँग्रेस–माओवादीलाई नै । हामी तटस्थ छौँ । अब गठबन्धनले के निर्णय गर्छ त्यसको आधार जसपाले थप निर्णय गरेर अगाडि बढ्छौँ,’ यादवको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले एक नेताले रातोपाटीलाई जानकारी दिए ।
यता जसपाका केन्द्रीय सदस्य शैलेन्द्र साहले पनि गठबन्धनले गर्ने निर्णयकै आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए । ‘प्रदेश १ को नामकरणको विषय लिएर आन्दोलन चलिरहेको छ । जसपाले त्यसको नेतृत्व पनि गरेको छ,’ यी सबै विषयलाई पनि मध्यनजर गर्दै जसपाले निर्णय लिने उनले बताए ।
जसपाका केन्द्रीय सदस्य जयराम यादवले प्रदेश १ को नामकरणको विषय लिएर आफूहरू सरकार छाडेको बताउँदै नयाँ सरकार गठन गर्दा यसबारेमा पनि विचार गरिने बताए । ‘हाम्रो मुद्दा कोशी प्रदेशको नामकरण रहेको छ । त्यसका लागि हाम्रो दलले आन्दोलन गरिरहेको छ । नाममा पुनर्विचार नगरे आन्दोलन जारी रहनेछ,’ उनले भने ।
आज चार बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । सो बैठकमा कोशी प्रदेशमा सरकार गठनको बारेमा छलफल हुने बुझिएको छ । कोशी प्रदेश सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि २१ गतेको समय सीमा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण