काठमाडौँ महानगरले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने
सोमबार, १८ असार २०८०, १४ : ३७
_ZYp78CRANM.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ ।
महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने निर्णय गरेको हो ।
यस्तै महानगरले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने समेत जनाएको छ । उक्त क्षेत्रका जग्गामा भवन निर्माण भइरहेको भए रोक्का गर्ने महानगरको भनाइ छ ।
यदि कसैले सूचनाको अटेरी गरी भवन निर्माण गरेमा संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत असुल गर्ने महानगरको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?