आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश सभा

लुम्बिनी प्रदेश सभा : एमालेको विरोधबीच विधेयक पारित

मङ्गलबार, १९ असार २०८०, १४ : ०४
मङ्गलबार, १९ असार २०८०

बुटवल  । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको विरोधका बीच प्रदेश सभाले विधेयक पारित भएको हो । 

मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेस गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो   बैठक सुरु हुन साथ एमालेका सांसदहरूले विरोध जनाएका थिए । सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे । आर्थिक । बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागी बैठक स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप