आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मङ्गलबार, १९ असार २०८०, १६ : ४२
मङ्गलबार, १९ असार २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । मंगलबारदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।  

मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गरे । 

यातायात व्यवसायी, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरुबीच आपसी सहकार्य गरी काम गर्न सकेमा  दुर्घटना कारण वर्षेनी  हुने  मानवीय र भौतिक क्षति रोक्न सकिने उनको भनाइ छ ।   

उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पारे ।  

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको उनले बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप