शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको हो : सचिव मरासिनी

मङ्गलबार, १९ असार २०८०, १८ : ०४
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गरेका छन् ।  

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव मरासिनीले सुनचाँदी विलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको बताए । उनले व्यवसायीहरुले विलासिताको वस्तु होइन भनेपनि धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर समेत लगाएको बताए । 

सचिव मरासिनीले गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्रणाली लगाएको बताए । उनले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी समेत सिर्जना हुने बताए ।  

सचिव मरासिनीले सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात हुने वस्तुमा परेकाले गत वर्ष सुन आयातमा कोटा सिस्टम लागू भएको बताए । उनले सुनचाँदी कुनै सिटामोल खाए जस्तो नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप