सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको हो : सचिव मरासिनी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गरेका छन् ।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव मरासिनीले सुनचाँदी विलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको बताए । उनले व्यवसायीहरुले विलासिताको वस्तु होइन भनेपनि धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर समेत लगाएको बताए ।
सचिव मरासिनीले गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्रणाली लगाएको बताए । उनले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी समेत सिर्जना हुने बताए ।
सचिव मरासिनीले सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात हुने वस्तुमा परेकाले गत वर्ष सुन आयातमा कोटा सिस्टम लागू भएको बताए । उनले सुनचाँदी कुनै सिटामोल खाए जस्तो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण