प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
_75bkQdNvGe.jpg)
केही दिन अघि प्रितम सिंहले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बोलेको कुरालाई लिएर एमाले सांसद पन्तले सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामा आघात पुगेको बताउँदै नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताए । उनले भने– ‘प्रधानमन्त्रीज्यूले जे कुरा बोल्नुभयो, यो कुराले नैतिकताका आधारमा उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन । उहाँले राजीनामा गर्नुस् र त्यो मान्छे प्रधानमन्त्री बनोस्, जो बनोस्, दलहरूले छलफल गरेर बनाउनुहोला, तर दिल्लीतिर नफर्किने नेपालतिरै फर्किने प्रधानमन्त्री चाहियो । जसले यो देशको स्वाभिमान, यो देशको गरिमा, यो देशको मर्यादालाई रक्षा गर्न सकोस् ।’
_dwgbnQE1nD.jpg)
सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्तिमाथि मेचीदेखि महाकालीसम्मका नेपालीले प्रश्न गरेको भन्दै लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको टिप्पणी गरे । उनले भारत भ्रमणको क्रममा प्रचण्डले नेपालको सीमा मिचिएको विषयमा नबोलेको बताउँदै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आसन गर्न आग्रह गर्दै माओवादी सांसद छिरिङल्हामु शेर्पालाई बोल्न समय दिएपछि एमाले सहितका विपक्षी सांसदहरू रोष्टम घेर्न पुगेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_bEbC9nF0ux.jpg)
_XGu5KFMamn.jpg)
_MIKhqQdhDj.jpg)
_9WAD1658z6.jpg)
_392s9XzCrY.jpg)
_txtdIJoLGO.jpg)
_Jj5RMe7zNc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण