बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्ने

बिहीबार, २१ असार २०८०, १० : २६
बिहीबार, २१ असार २०८०

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले रु। २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको लागि पेस गरेको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । 

ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मको लागी वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । 

कम्पनीले कूल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागी र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप